zidane sacked by real madridखेल संसार 

के रियल म्याड्रिडले जिदानलाई हटाउला त ?

काठमाडौ, माघ २३ – स्पेनिस फुटवल क्लब रियल मड्रिडको प्रशिक्षक नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा जिनेदिन जिदानले क्लबका लागि आफुले दिलोज्यान दिने बताएका थिए । नभन्दै त्यसअघि प्रशिक्षकका रुपमा ठूला टीममा परिक्षण नभएका जिदानको नेतृत्वमा रियलले २ बर्षमा ८ वटा उपाधि जित्यो ।

२०१६ को जनवरी ४ मा प्रशिक्षक नियुक्त भएयता २०१७ को अन्त्यसम्ममा रियलले च्याम्पियन्स लिग, फिफा क्वल वल्र्डकप र युइएफए सुपरकप लगातार २ पटक जित्यो । अगस्ट २०१७ मा स्पेनिश सुपरकपको उपाधि उचाल्यो ।५ बर्षपछि गत सिजन २०१६।१७ मा स्पेनिस लालिगाको उपाधि सान्टिएगो बर्नावेउ फर्कायो । एलक्लासिकोमा रियलले बार्सिलोनालाई हरायो । रियलकै खेलाडी क्रिष्टियानो रोनाल्डोले लगातार २ पटक बालोन डिओर जिते ।

यति उपलब्धि दिलाएपछि फिफाले दिने पुरुषतर्फको उत्कृष्ट प्रशिक्षक २०१७ को उपाधि जिदानलाई नदिनु शायद अन्याय हुने थियो । जिदानले यो उपाधि जिते पनि । च्याम्पियन्स लिगमा लगातार दुई उपाधि जित्ने प्रशिक्षक उनै भए ।

जिदानका नाममा थुप्रै रेकर्ड बने । प्रशिक्षण करियरको छोटो समयमा उनले पाएका उपलब्धि उनका समकालिन मात्र होइन कुनैपनि प्रशिक्षकका लागि लोभलाग्दा भए । २ बर्षमा सफलता र जिदान एकअर्काका पूरक जस्तै भए ।तर अहिले मड्रिडको बर्नावेउमा जिदानका लागि सफलता एकादेशको कथा हुन लागिसक्यो ।

यो पनि पढ्नुहोस् :  मनाङ–मर्स्याङ्दी सिमरा गोल्ड कप नखेल्ने !

लिगको अंकतालिका मध्य र पुछारतिर रहेका क्वबहरुसँग एकपछि अर्को हार र बराबरीले अहिले सबैभन्दा बढी जिदानलाई पिरोलेको छ । जिदान खेलाडीसँग मैदानमा रिसाएको, झ्वाक्किएको प्रष्ट्रै देखिन्छ ।

जित्नका लागि विभिन्न विकल्पको प्रयोग गरिरहेका देखिन्छन् । तर उनका अस्त्रहरु एकपछि अर्को असफल हुदै गएका छन् । बर्नावेउमा उनले सोचे जस्तो समय चलिरहेको छैन ।सधै जितका लागि खेल्ने रियलले यसपटक लालिगाका २१ खेल मध्ये ११ मा मात्र जितेको छ । ६ हार र ४ बराबरीले ला लिगाका २१ खेल सकिदा रियल ३९ अंक सहित चौथो स्थानमा छ ।

चौथो स्थानमा पनि भिल्लारियलले कडा टक्कर दिएको छ । लिगमा एक खेलबढी खेलेको प्रतिद्धन्दी बार्सिलोना रियल भन्दा १९ अंकले अघि छ ।क्लबका मूख्य खेलाडी क्रिष्टियानो रोनाल्डो, गारेथ बेल र करिम बेन्जिमा चल्न सकेका छैनन् ।

२००९ देखि २०१७ सम्म लालिगामा रोनाल्डोको हरेक सिजन औषत गोल ३५ छ । तर यसपटक उनले जम्मा ८ गोल गरेका छन् । बेल र बेन्जिमाको क्रमश ६ र २ गोल छ । यतिसम्म कि लालिगाको धेरै गोल गर्नेको सूचिमा रोनाल्डोको नाम १३ औं नम्बरमा छ ।

रियलमा जिदानको निरन्तरताको निर्धारण गर्ने खेल 

यो पनि पढ्नुहोस् :  मेस्सीको विकल्प बने फिलिप काउटिन्हो !

रियलकालागि यो सिजन लालिगा जित्ने सम्भावना लगभग के पुरै सक्किसक्यो ।

रियल कोपा डेल रेको त क्वाटरफाइनलबाटै अगाडि बढ्न सकेन । लिगको अंक तालिकाको उत्कृष्ट ४ मा पनि परेन भने रियलको अर्को बर्ष च्याम्पियन्स लिगमा सिधै प्रवेश गर्ने बाटो बन्द हुनेछ । यस्तो भएमा रियल जस्तो लगानी, खेलाडी र सफलताका हर हिसावले उत्कृष्ट टीमका लागि यो भन्दा लाजमर्दो कुरा के पो होला र ? यो सिजन रियलले जित्न सक्ने उपाधि भनेको च्याम्पियन्स लिग नै हो ।

तर यो पटक रियलका लागि च्याम्पियन्स लिगपनि सजिलो छैन अन्तिम १६ बाट अगाडि बढ्न रियलले युरोपको शक्तिशाली क्लब पेरिस सेन्टजर्मन (पिएसजी) लाई पन्छाउनुपर्नेछ । फ्रान्सको लिग वान जितेपनि पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जितेको छैन ।च्याम्पियन्स लिग जित्नै भनेर पिएसजीले अहिलेसम्मको महंगो धनराशी खर्चेर बार्सिलोनाबाट नेयमारलाई भित्र्याएको छ ।

मोनाकोबाट लोनमा आएका किलियन वाप्पे र उरुग्वेका स्ट्राइकर एण्डिसन काभानीलाई रोक्न रियलले ठूलै शक्तिलगाउनु पर्नेछ ।फेव्रुवरी १५ र मार्च ७ माहुने च्याम्पियन्स लिगमा पिएसजीसँगको खेलको नतिजाले रियलमा जिदानको  भविष्य तय गर्नेछ ।युरोपको फुटवलमा सबैभन्दा अपजसिलो र अनिश्चित काम कसैको छ भने त्यो ठूला फुटवल क्लबको प्रशिक्षकको नै हो ।

यो पनि पढ्नुहोस् :  युएईसँग पराजित भएपछि नेपाल एकदिवसीय विश्वकप छनौटको समूह ‘बी’ मा परेको छ !

अघिल्लो सिजन जतिसुकै राम्रो खेलेको होस वा उपाधि जितेको होस् २।४ वटा खेलमा तलवितल पर्ने वित्तिकै प्रशिक्षकको जागिर धरापमा परिहाल्छ ।रियल त अझ यस्तो काममा युरोपका अरु क्लबभन्दा अगाडिैछ ।

सन् २००३ पछि रियलले १२ जना त प्रशिक्षकनै फेरिसक्यो । जिदान १३ औं हुन् ।च्याम्यिसन्यलिगमा सोचे जस्तै नतिजा नआएको खण्डमा क्लवका पदाधिकारीले जिदानमाथिकस्तो हतियार चलाउने हुन अब धेरैको चासो त्यसैमा हुनेछ ।जिदान प्रशिक्षक भएको घोषणा गर्ने पत्रकार सम्मेलनमा क्लबको अध्यक्ष फ्लारेन्टीनो परेजले भनेको थिए “रियल मड्रिडका खेलाडीलाई नेतृत्व दिनु भनेको के हो भन्ने कुरा अरुभन्दा राम्रोसँग कसैले बुझ्छ भने त्यो जिदानमात्रहुन् ।”

लगातार दोश्रो पटक च्यापियन्स लिग जितेपछि त परेजले भनेका थिए “जिदान जिन्दगी भर रियलमा बस्ने सक्नेछन् ।” परेज आफ्नो भनाईमा अडिग रहन्छन् वा रहदैनन, सबैलाई चासो छ ।तर ट्रफी जित्न खेलाडी र प्रशिक्षकका लागि पैसाको खोलो बगाउन माहिर परेज र उनको समूहले पक्कै पनि जिदानभन्दा बढी रियल मड्रिड बुझ्ने व्यक्ति खोज्न थालिसकेको हुनुपर्छ ।

यो सिजन कुनै मूख्य उपाधि नजिताएपनि जिनेदिन जिदान सान्टिएगो बर्नावेउमा प्रशिक्षक रहिरहे भने त्यो विश्व फुटवलका पण्डितका लागि नै अनौठो कुरा कुरा हुनेछ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline