8 different kinds of husband in societyजिवन भोगाइ सिर्जनात्मक 

श्रीमानका ८ प्रकार । जान्नुस तपाईं कुन प्रकारको श्रीमान पर्नुभयो !

बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो ।

उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न ।

अन्य केहीले भने पतिको प्रकार पनि होला नि त, त्यो पनि थाहा पाउँ न भन्ने जिज्ञासा राखे । त्यही जिज्ञासालाई शान्त पार्न माइसंसारकै एक शुभचिन्तक महेशले आफू वरपरको समाजमा देखिने आठ प्रकारका पतिको बारेमा वर्णन गरेका छन्। यो चाहीँ बुद्धले भनेको होइन नि फेरि !

यहाँ ८ प्रकारका श्रीमानहरु प्रस्तुत गरिएका छन्ः

१. सोमरस पति

सँधै तीन घ्याम्पो रक्सी धोकेर घरमा आई स्वास्नी पिट्ने्र रक्सीको नशा चढेपछि घरकी स्वास्नी हो वा बाहिरीया आइमाई हो छुट्टयाउन नसक्ने्र भाँडोमा रगतको बान्ता नगरुन्जेल ठाडो बोतल लाउन नछोड्ने ।

यो पनि पढ्नुहोस् :  १३० श्रीमतीका पतिले संसार छोडे !

२. शक्तिमान पति

बेलुकी घर आउँदा स्वास्नीले मासुको सितन र ठर्रा टेबुलमा ठिक पारेकी रहिनछ भने वा जुवामा हारेर आएको होस् वा भनेको मानिन भनेर होस् अथवा जेसुकै कारणले होस् घरकी स्वास्नीलाई पिटी पुरुषत्व देखाउने्र स्वास्नीमाथि हात हाली पिट्नु, लछार्नु(पछार्नु त मानौँ उसको पुर्ख्यौली अधिकार हो ।

३.खोपे (शो केश) पति

पत्नीलाई सजिएर केवल आफ्नो घरको खोपामा वा शो केशमा मात्र बसिरहोस् भन्ने, घरबाट छिसिक्क कतै बाहिर निस्कन त के, झ्यालबाट यसो बाहिर चियाउन पनि नदिने्र उसलाई कतै जाने पर्ने भयो भने पनि आफू चाँडै घर आई आफ्नो निगरानीमा त्यहाँ पुर्‍याई दिने ।

आफू बाहेक पत्नीले अरु कोही लोग्नेमान्छेलाई आँखा उठाएर नेहेरोस् भन्ने्र अरु कोही लोग्नेमान्छेसँग यसो बोलेको देख्यो कि त ऊ त्योसँग सल्की भनेर आरोप लगाउने ।

यो पनि पढ्नुहोस् :  माघ १७ गते "सुपर मुन " देखिदै | Supermoon 2018

४. पुरुषार्थ पति

घरकी पत्नीबाहेक बाहिर अरु जति धेरै केटीहरुसँग सम्बन्ध राख्न सक्यो, उति आफूले पुरुषार्थ देखाएको ठान्ने्र ऐनामा आफ्नो अनुहारको चाउरी नदेख्ने तर बाहिरका केटीहरुको यौवन देख्ने ।

५. वाकवाक पति

आफूले पत्नीलाई जति तथानाम गाली गरे पनि पत्नीले चाहीँ चुपचाप टाउको निहुराएर एक शब्द नबोली सुनिरहोस् भन्ने इच्छा गर्ने्र जति आफूले पत्नीलाई धेरै गाली गर्‍यो, उति नै आफ्नो वाककला राम्रो भएको ठानी गर्व गर्ने ।

६. पानीमरुवा पति

घरमा (प्रायजसो संयुक्त परिवारमा) आमा, दिदीबहिनीहरुले बिना कारण वा सानो कारणले आफ्नी पत्नीलाई पिटे पनि, गाली गरे पनि, मार्ने आए पनि आफू चाहीँ थरथर काम्दै कोठाको एक कुनामा गई थचक्क बसी टाउको घुँडामा लुकाउने ।

७. विलासी पति

पत्नी भनेको केवल आफूले चाहेको बेलामा आफुसँग ओछ्यानमा समय बिताउने र छोराछोरी जन्माउने मात्र हो भन्ने ठान्ने । सोच्छ कि पत्नी त केवल उसको व्यक्तिगत आवश्यकता पूरा गर्न मात्र बनेको हो ।

यो पनि पढ्नुहोस् :  लोग्नेलाई सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल

८.अलौकिक पति

यो लोकमा पाउन अति दुर्लभ तर कतै कतै पाई हाल्न पनि सकिने्र पाउन दुर्लभ किनभने प्राय जसो अरु भन्दा धेरै फरक खाले्र अति समझदार, सहयोगी, माया गर्ने, जे कुरामा पनि पत्नीको सल्लाह माग्ने, उसको हालखबर सोध्ने अनि उसको पनि आवश्यकताहरु र दुःखसुख बुझ्ने, सबै भन्दा ठूलो कुराः पति र पत्नी भनेको जीवनरुपी रथका दुइ पांग्रा हुन् र जीवन सफल पार्नका लागि हामी दुवैलाई समान रुपमा एक अर्काको आवश्यक छ भनेर बुझ्ने खालको पतिलाई अलौकिक भनिन्छ ! यस्ता पतिहरु कहिकतै झुक्केर मात्र पाइन्छन !

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline