tatopani pond natural treatmentघुमफिर स्वास्थ्य-सुन्दरता 

अस्पतालले निको पार्न नसकेका बिरामी “तातोपानी” मा डुबेपछि ठिक भए !

म्याग्दी । वैज्ञानीक आधार त केहि छैन । तर, कतिपय प्रयोग मानविय अनुभवकै आधारमा विश्वास गर्न लायक हुन्छन् । म्याग्दीको बेनी नगरपालिमा जमिनबाट निस्कने तातोपानी मानविय प्रयोगकै आधारमा अचुक औषधि मान्न थालिएको छ ।

ठूला–ठूला अस्पतालमा उपचार असम्भव भनिएका विरामी यहाँको तातोपानीमा डुबुल्की मारेपछि निको हुन्छन् । मानवीय अनुवभलाई नै आधार मान्ने हो भने बेनीको तातोपानी अचुक औषधि सावित भएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडानम्बर ४ मा तातोपानी कुण्ड छ । कुण्डमा जम्मा हुने पानी मुहानबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको हुन्छ । जुन पानी अचुक औषधि सावित भएको छ ।

यो पनि पढ्नुहोस् :  किन हुदैछ सशस्त्र भित्र सीमा सुरक्षा विभाग हटाउने चलखेल ?

मध्य अमेरिकी मुलुक पानामामा घरबाट खसेर गुल्मीका कृष्णबहादुर अधिकारीको हात–खुट्टा नचल्ने भयो । उनले त्यहा धेरै उपचार गरे । चिकित्सकले हात–खुट्टा चल्दैन भनेपछि घर फर्किए । त्यसपछि उनी, बेनीको तातोपानी कुण्डमा स्नान गर्न पुगे । १५ दिनसम्म तातोपानीमा स्नान गरेपछि उनको हात र खुट्टा अलि अलि चल्ने थालेको छ ।

tatopani pond as natural healing medicine

कृष्णबहादुर जस्तै उपचारका लागि तातोपानी कुण्डमा स्नान गर्नेको भीड लाग्छ । नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् । परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने विरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेका छन् ।

यो पनि पढ्नुहोस् :  महिला हरु यौन इच्छा कसरी प्रकट गर्छन् ?

वार्षिक १६ हजारको हारहारीले तातोपानी कुण्डमा स्थान गर्छन । माघ महिनाको पहिलो सातामात्रै ६ सय जनाभन्दा बढीले स्नान गरेका छन् । नेपालबाट मात्रै होनइ, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउने बिरामीको संख्या बढ्दो छ ।

स्नान गर्न आउनेको संख्या बढ्दै गएपछि पुरुष र महिलालाई पालै पालो स्नानका लागि व्यवस्था गरिएको छ ।

जमिनबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको यो तातोपानीमा बिरेनुनको स्वाद पाइन्छ । त्यही बिरेनुन स्वादको तातोपानी नै अचुक औषधी बन्ने गरेको छ ।

यो पनि पढ्नुहोस् :  सधै गोजीमा सुकमेल बोकेर हिड्नुस ! सुन्दा अचम्म लाग्ला तर फाइदा गजब छ !

बेनीको यो तातोपानी औषधिको रुपमा प्रयोग भइरहेको भए पनि औषधिकै रुपमा वैज्ञानीक मान्यता पाएको छैन । मानविय अनुवभकै आधारमा भन्ने हो भने यो तातोपानी अचुक औषधि मान्नु पर्छ । त्यसैले यो तातोपानीबारे बैज्ञानीक अनुसन्धान आवश्यक छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline