salman khan is coming nepalमनोरञ्जन 

सलमान खान चन्द्रागिरी घुम्न आउदै !

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण तयारीका लागि उनका भाई सोहल खान काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको एआई २१५ दिल्ली– काठमाडौँको उडानबाट उनी काठमाडौं आएका हुन्।

सलमान खानले आगामी मार्चमा नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ। साहेलले सलमानको भ्रमणबारे आज पाँच बजे पत्रकार सम्मेलन गरी जानकारी दिनेछन्।

सलमानको नेपाल भ्रमण तयारीका लागि भारतीय इभेन्ट व्यवस्थापन कम्पनीका व्यक्तिहरु केही दिनयता काठमाडौंमा छन्।बिहीबार इभेन्ट व्यवस्थापनका जर्डी पटेल र अडिल जगमगियाले चन्द्रागिरी पुगेका थिए।

यो पनि पढ्नुहोस् :  जरिवाना तिर्न सके लाइसेन्स नभएपनि छुट !

सलमानले चन्द्रागिरी केवलकार चढ्ने र डाँडाबाट काठमाडौं अवलोकन गर्ने कार्यक्रम तय भएको छ। सलमान कार्यक्रमका लागि भारतीय इभेन्ट व्यवस्थापन कम्पनीहरुले नेपालका ओडिसी इन्टरटेनमेन्टसँग सहकार्य गरिरहेका छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline