messi alternative philippe cautinhoखेल संसार 

मेस्सीको विकल्प बने फिलिप काउटिन्हो !

काठमाडौ । ला लिगा फुटवलको आइतबार राति भएको खेलमा बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भाल्भर्डेले फिलिप काउटिन्होलाई स्यान्योलसँगको खेलमा मैदान प्रवेश गराए ।

खेलका सुपरस्टार लियोनेल मेस्सिलाई आराम दिने भन्दै काउटिन्हो पहिलो पटक सुरुवाति टिममा प्रवेश गरेका थिए । काउटिन्होले प्रभावकारी प्रदर्शन गरे पनि गोल गर्न भने सकेनन् ।

अब बार्सिलोनाबाट काउटिन्होको गोल हेर्न अर्को खेल कुर्नुपर्ने भएको छ । आइतबार राति भएको खेलमा जेरार्ड पिक्यूले अन्तिम समयमा गोल गरेपछि ला लिगा लिडर बार्सिलोनाले स्पान्योलसँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

यो पनि पढ्नुहोस् :  के रियल म्याड्रिडले जिदानलाई हटाउला त ?

बराबरीसँगै ला लिगाको सुरुवाति २२ खेलसम्म अपराजित रहँदै बार्सिलोनाले क्लब कीर्तिमान कायम गरेको छ । बार्सिलोना यसअघि सिजन सुरु भएदेखि नै पराजित थिएन ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा घरेलु टोली स्पान्योलले अग्रता लियो । ६६औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै स्पान्योललाई अग्रता दिलाएका थिए ।

५९औं मिनेटमा पाको अल्कासारको स्थानमा मेस्सी मैदान प्रवेश गरेपछि बार्सिलोनाको खेल सुध्रन थालेको थियो । ८३ औं मिनेटमा मेस्सीकै पासमा जेरार्ड पिक्यूले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । बाँकी समयमा गोल हुन सकेन ।

यो पनि पढ्नुहोस् :  युएईसँग पराजित भएपछि नेपाल एकदिवसीय विश्वकप छनौटको समूह ‘बी’ मा परेको छ !

तीन साताअघि बार्सिलोना कोपा डेल रे अन्तर्गतको खेलमा स्पान्योलसँग पराजित भएको थियो । त्यो उसको सिजनको पहिलो हार थियो । ला लिगामा बार्सिलोना अहिलेसम्म एकमात्र अपराजित टोली हो । बराबरीपछि उसको २२ खेलबाट ५८ अंक भएको छ ।

बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ९ अंक, तेस्रो स्थानको भ्यालेन्सियाभन्दा १८ अंक र चौथो स्थानको रियल मड्रिडभन्दा १९ अंकले अगाडि छ ।

यो पनि पढ्नुहोस् :  मनाङ–मर्स्याङ्दी सिमरा गोल्ड कप नखेल्ने !

आइतबार भएको अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले भने भ्यालेन्सियालाई हराउँदै बार्र्सिलोनासँगको अंक दूरी कम गरेको छ । लिगको तेस्रो स्थानमा रहेको भ्यालेन्सियाले पछिल्लो पाँच खेलमा चौथो हार ब्याहोर्ने क्रममा एथ्लेटिकोसँग १–० ले निराश बन्यो ।

खेलको ५९औं मिनेटमा एड्रियानो कोर्रियाले गरेको गोल एथ्लेटिकोको जितमा निर्णायक बन्यो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline