why do penguin involve in prostitutionरमाइलो 

पेन्गुइन पनि वेश्यावृत्ति तर्फ लाग्दै | Penguin Prostitution

संसारमा मानिस मात्र होइन, जनावरहरू पनि वेश्यावृत्ति गर्छन् । यो कुरा जनावर विशेषज्ञहरूले १९९८ मा अन्टार्कटिकामा पत्ता लगाएका हुन् । उनीहरुले एडेली पेन्गुइन जातिमा वेश्यावृत्तिको प्रचलन फेला पारेका थिए ।

पेन्गुइनहरू साना रोडा–ढुंगाबाट आफ्नो गुँड बनाउने गर्छन् । त्यसैले बच्चा काड्ने बेलामा यस्ता रोडा–ढुंगाहरू पेन्गुइनका लागि निकै मूल्यवान हुने गर्दछ ।

आफ्नो जोडी फेला पार्न नसकिरहेका तन्नेरी भाले पेन्गुइनहरू ढुंगाका टुक्राहरु बटुल्छन् र त्यसलाई बच्चा काड्न लागेका पोथीहरूलाई दिएर तिनीहरूसँग शारीरिक सम्बन्ध गाँस्छन् ।

यो पनि पढ्नुहोस् :  रत्नपार्कका यौनकर्मी भन्छन " पुलिस सँग त पुरै सेटिंग हुन्छ "

प्रायः पोथी पेन्गुइनहरू चाहीँ गुँड बनाउने ढुंगाका लागि आफ्नो शरीर बेच्न तयार हुन्छन् । ढुंगाले पेन्गुइनका लागि पैसाको काम गर्ने बताउँछिन् प्राणी विज्ञानमा क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धान गरिरहेकी डा. फियोना हण्टर ।

जोडीसँग मात्र शारीरिक सम्बन्ध राख्ने पेन्गुइनहरू पनि हुन्छन् । तर विशेषज्ञहरूका अनुसार पोथीहरूले ढुंगाका लागि गरेको वेश्यावृत्तिलाई तिनीहरूका जोडी भालेले कुनै वास्ता गर्दैनन् ।
कहिलेकाहीँ पोथी पेन्गुइनहरू भालेलाई झुक्याउँछन् । उनीहरू जोडी बाँध्नु अघिको व्यवहार देखाएर भालेहरूबाट ढुंगा लिन्छन् र तिनलाई छोडिदिन्छन् । एजेन्सी

यो पनि पढ्नुहोस् :  बाख्रासंग यौन सम्पर्क । आरोपी भन्छन मैले सोधेरै गरेको !

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline