butterfly nepali movie gross incomeमनोरञ्जन 

‘बटरफ्लाई’ ले कमायो एक करोड भन्दा बढी!

काठमाडौं, माघ ६ । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बटरफ्लाई’ दोस्रो हप्ता पनि हलमा चलिरहेको छ।

चलचित्र राम्रो चलेको कार्यकारी निर्माता रमेश प्रजापतिको भनाइ छ । उनले चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।

चलचित्रले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको उनले जानकारी दिए । दर्शकहरुको राम्रो प्रतिक्रियाले टिम उत्साहित बनेको उनले जनाए ।

गत शुक्रबार कुमारी हलमा प्रेस शो हेरिसकेपछि सिने कलाकारहरुले पनि बटरफ्लाईलाई सकारात्मक प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस् :  चार राज्यमा 'पद्मावत' माथि लगाइएको प्रतिबन्ध खारेज !

केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको बटरफ्लाईमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ ।

ओमप्रतिक गुरुङको निर्देशनमा बनेको चलचित्रमा अर्पण थापा, रवीन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरवीर पण्डितलगायतको पनि अभिनय रहेको छ ।

पुष्पान्जली अधिकारी सखा, रामशरण राना र भूपेन्द्र सुवेदी चलचित्रका निर्माता हुन् ।

चलचित्र अब बेलायत र जापानमासमेत छिट्टै प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline