information haunted islandघुमफिर 

Haunted Island – भुत्याहा टापु को बारेमा केहि जानकारी

विश्वमा केही यस्ता ठाउँहरु हुन् जो साँच्चीकै खतरनाक हुन्छन् । धर्तीका ती ठाउँहरु यति भयानक हुन्छन् की त्यहाँ गैसकेपछि मानिसहरुको बाँच्ने सम्भावना निकै कम हुन्छ ।यस्तै एउटा भुत्याहा टापु इटालीमा छ ।

आइल्याण्ड अफ डेड भनिने उक्त टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो । तर यस अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुले केही असामान्य चिजहरु देख्न थालेपछि डरका कारण अस्पताल बन्द गरियो । कैँयौ वर्षसम्म उक्त अस्पताल बन्द रह्यो ।

यो पनि पढ्नुहोस् :  बाइकमा "लंगराइड" जाँदा ध्यान दिनुपर्ने कुरा !

अफ ट्रयाक प्लानेट डट कमका अनुसार सन् १९६० मा इटाली सरकारले उक्त टापुलाई बिक्री गर्‍यो । उक्त टापु खरीद गर्ने मानिस आफ्नो परिवार सहित टापुमा बस्न सुरु गरे । उक्त टापुका मालिककी छोरीको मुखमा एक दिन कसैले टोकिदियो । उनलाई शल्यक्रिया गरी १४ वटा टाँका लगाउनु परेको थियो ।

उक्त समय पश्चात पनि उक्त टापुमा यस्ता अनेकौ घटना भैरहे । डरलाग्दा तथा रहस्यमय घटनाहरु भैरहेपछि सरकारले उक्त टापुमा जान प्रतिबन्ध नै लगायो । १२० वर्ष पहिले उत्तः टापुको प्रयोग रोगबाट ग्रस्त मानिसहरु राख्न को लागी गरिन्थ्यो । ता की अन्य मानिसहरुमा त्यो रोग नफैलियोस् ।

यो पनि पढ्नुहोस् :  आङ नै सिरिंग हुने खतरनाक यात्रा, जहाँ मृत्युको सामना गरिन्छ

त्यसपछि उक्त टापु अन्य प्राणघातका रोगका रोगीहरुका लागि पनि प्रयोग गरियो । रोगबाट मरेका मानिसहरुको लास पनि त्यहीँ गाडिन्थ्यो । तर एक पटक उक्त टापुमा रोगीहरुको संख्या १ लाख ६० हजार पुग्यो । त्यसपछि त्यहाँको क्रुर सरकारले रोगीहरुलाई ज्यूँदै जलायो ।

रोगीहरुलाई राख्ने तथा मार्ने ठाउँको रुपमा प्रयोग गरिएको हुनाले पनि उक्त ठाउँ संक्रमित रहेको र मानिसहरु गएपछि विभिन्न रोगले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको बताइन्छ । त्यसैले सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline