facebook safety tipsबिज्ञान-प्रबिधी 

फेसबुकको अर्को घोसणा । समाजमा प्रभाव पार्ने सामग्री मात्र प्रवर्द्धन गर्ने

फेसबुकले अब समाजमा प्रभाव पार्ने भिडियोलाई मात्र देखाउने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार फेसबुक मजाकमात्र होइन । यसले मानिसहरुको भलाई र समाजको भलाई पनि गर्छ ।

फेसबुकले कस्ता सामग्री देखाउने भनेर यसअघि कम भाइरल भएका भिडियो देखाएर परिक्षण गरेको थियो । जसले गर्दा फेसबुकमा मानिसले विताउने ५० मिलियन घण्टा समय कम भएको थियो ।

त्यसकारण फेसबुकले प्रयोगकर्ताको रुची अनुसारको भिडियो, पोस्टलाई मात्र न्यूज फिडमा देखाइने जनाएको छ ।

यो पनि पढ्नुहोस् :  घट्न थाले युवा फेसबुक प्रयोगकर्ता । कता जादैछन त अब प्रयोगकर्ता हरु ?

जुकरबर्गले अर्थपूर्ण र समुदायकाे हितका लागि हुने सामग्री मात्र प्रवर्द्धन गरे आफ्नो व्यापार दीर्घकालीन हुनेसमेत बताएका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline