newzealand people drinking center of seaरमाइलो 

मदिरा प्रेमीले बनाए समुन्द्रमा रक्सि पिउने “जक्सन”

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्न प्रतिबन्ध लागेपछि न्युजिल्याण्डमा मदिराप्रेमीले समुद्रमा बालुवाको टापु बनाएका छन्। कोरोमान्डल प्रायद्वीपको टाइरुवामा मदिराप्रेमीहरुको एक समूहले आइतबार अर्थात् नयाँ वर्षको पूर्वसन्ध्यामा सो टापु निर्माण गरेका हुन्।

टापु बनाइसकेपछि उनीहरुले त्यहाँ एक पिकनिक टेबल र आइसबक्स पनि पुर्‍याए।

नयाँ वर्षको पूर्वसन्ध्यामा सो समूहले त्यही टापुमा बसेर आतिशबाजी हेर्दै टन्न मदिरा पिएको बताइएको छ।

newzealand people public drinking in ocean

मदिरापान गर्ने सो समूह भोलिपल्ट घर फर्केपनि सो टापु भने जस्ताको तस्तै रहेको बताइएको छ।

यो पनि पढ्नुहोस् :  आउनुहोस जानौ कसरी हास्ने व्यक्ति हरु को कस्तो स्वभाब हुन्छ

नयाँ वर्षको बेला कोरोमान्डलभर सार्वजनिक स्थानमा मद्यपान गर्न प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्धको उल्लंघन गर्नेहरुलाई १८० अमेरिकी डलर जरिबाना तोकिएको थियो।

मदिराप्रेमीहरुले समुद्रमा टापु नै खडा गरेर रक्सी पिएपछि स्थानीयले उनीहरुको रचनात्मकताको प्रशंसा गरेका छन्। केहीले उनीहरु ‘अन्तर्राष्ट्रिय जलक्षेत्र’ मा बसेर मदिरा पिएको हुनाले नियम नलाग्ने भन्दै मजाक पनि गरेका छन्।

सरकारी अधिकारीहरुले पनि मदिराप्रेमीहरुको यो तरिकालाई रमाइलो रुपमा लिएका छन्।

यो पनि पढ्नुहोस् :  जन्मदिन को दिन यस्तो बिजोग | Killer Nepali Birthday Jokes

‘यो निकै रचनात्मक सोच हो, यदि योबारे मलाई थाहा भएको भए म पनि उनीहरुसँग सामेल हुन्थेँ,’ स्थानीय प्रहरीका इन्स्पेक्टर जोन केलीले यो टापुबारे भनेका छन्। एजेन्सी

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline