chinese mom sold her own milkजिवन भोगाइ 

आफ्नै दुध बेचेर छोरीको उपचार खर्च जुटाउदै यी आमा !

छोरीको उपचारका लागि आवश्यक रकम जोहो गर्न एक आमाले सडकमा आफ्नै दूध बेच्दै गरेको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ। घटना चीनको हो

मियाओ भिडियो साइटमा पोस्ट गरिएको उक्त भिडियोमा बालिकाका आमा बाबु भनिरहेका छन् कि आइसीयुमा भर्ना भएकी आफ्नी छोरीको उपचारका लागि उनीहरूलाई कम्तिमा एक लाख युआन (करिब १६ लाख रुपैयाँ) आवश्यक छ।

चीनको सोसल मिडिया वीबोमा यो भिडियो सेयर भएपछि २४ लाख भन्दा बढी पटक हेरिएको छ। त्यसमा ५०० भन्दा बढी कमेन्ट आएका छन्।

यो पनि पढ्नुहोस् :  बिबाह अघि यौन सम्पर्क नगरुन भनेर योनि सिलाइदिने परम्परा !

गुवाङ्डुङ प्रान्तको ठूलो सरह शेन्जनस्थित एक बच्चाको पार्कमा खिचिएको भिडियोमा आमाले भनेकी छन्- ‘म जतिसक्दो चाँडो पैसा जम्मा गर्न मेरो दूध बेचिरहेकी छु। बुबा भन्छन्- अस्पतालमा एक लाख युआन तिर्नुछ। डाक्टरले भनेका छन् कि बच्चीको उपचार लगत्तै रकम भुक्तानी गरिहाल्नुपर्छ

BBC का अनुसार पछिल्ला वर्षहरूमा चीनको स्वास्थ्य व्यवस्थामा प्रश्नहरू उठेका छन् किनभने यहाँका मेडिकल सेन्टरमा चाप बढेको छ र चाँडो पालो पाउनका लागि मानिसहरू अतिरिक्त रकम पनि तिर्न थालेका छन्।

यो पनि पढ्नुहोस् :  रत्नपार्कका यौनकर्मी भन्छन " पुलिस सँग त पुरै सेटिंग हुन्छ "

उक्त भिडियोका बारेमा मानिसहरूले भावुक प्रतिक्रिया दिएका छन्। इन्टरनेटमा भिडियो सेयर गर्दै मानिसहरूले भनेका छन्- सेल मिल्क, सेभ गर्ल (दूध बेचौँ, बच्ची बचाऔँ)।

धेरैले ती आमाबाबुका पक्षमा सहानुपाति दर्शाउँदै सहयोगका लागि अपील गरेका छन् तर कतिपयले भने यसलाई ‘सहयोग माग्ने अश्लिल तरिका’ भन्दै आलोचना पनि गरेका छन्।

एकजनाले लेखेका छन्- ‘सबैले बुझ्न सक्छन् कि तपाईँ बाध्य हुनुहुन्छ र तपाईँलाई सहयोग अत्यावश्यक छ तर आफ्नै दूध बेचेर तपाईँले आफ्नो प्रतिष्ठा कसरी जोगाउन सक्नुहुन्छ?’

यो पनि पढ्नुहोस् :  १३० श्रीमतीका पतिले संसार छोडे !

आलोचकहरूका प्रतिक्रियाको पनि उत्तिकै आलोचना भएको छ। एकजनाले लेखेका छन्- ‘यो धेरै आमा बाबुको प्रेम हो। जो व्यक्तिहरू उनीहरूका बारेमा गलत बोलिरहेका छन्, उनीहरूले सोच्नुपर्छ कि यदि ऊ तिम्रो सन्तान हुन्थ्यो भने तिमी आफ्नो अनुहार जोगाउँथ्यौ कि आफ्नी छोरीको जिन्दगी?’

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline