cricket board bcci web shutdownखेल संसार 

विश्वकै सबैभन्दा धनी भारतीय क्रिकेट बोर्डको वेबसाइट बन्द !

विश्वकै सबैभन्दा धनी क्रिकेट बोर्ड बीसीसीआईको आधिकारिक वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट बीसीसीआई डट टीभीले आफ्नो डोमेन नविकरण गर्न नसक्दा झण्डै एक दिन बन्द भएको छ ।

वेबसाइट रजिस्टर गर्ने रजिस्टर डट कम तथा नेमजेट डट कमले बीसीसीआईको आधिकारिक वेबसाइटलाई लिलामीमा राखेको थियो । यो डोमेनलाई सबैभन्दा बढी ३२५ डलर दिइएको थियो । यो डोमेन २ फ्रेब्रुअरी २००६ देखि दुई फ्रेब्रुअरी २०१९सम्मका लागि मात्रै दर्ता गरिएको थियो । तर यसको अपडेट गर्ने अन्तिम मिति भने ३ फ्रेब्रुअरी २०१८ थियो ।

यो पनि पढ्नुहोस् :  मनाङ–मर्स्याङ्दी सिमरा गोल्ड कप नखेल्ने !

आइतबार बेलुकाबाट भने वेबसाइट सञ्चालनमा आएको छ । भारतले दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा दोस्रो एक दिवसीय खेल खेलिरहेको समयमा बोर्डको वेबसाइट बन्द हुनुलाई धेरैले लज्जास्पद भएको भनेका छन् । धेरैका लागि भारतीय क्रिकेट बोर्डको वेबसाइट स्कोरका लागि अपडेट हुने माध्यम पनि बनेको थियो ।

यसका अलावा बोर्डसँग सम्बन्धित महत्वपूर्ण जानकारी तथा दस्तावेज पनि वेबसाइटमाफर्त नै दिइने गरिन्छ । विश्वकै सबैभन्दा शक्तिशाली क्रिकेट बोर्ड मानिने बीसीसीआईले सेप्टेम्बरमा २.२५ बिलियन डलरमा स्टार स्पोर्ट्सलाई आइपिएलको मिडिया अधिकार बेचेको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline