challenge for scienceबिज्ञान-प्रबिधी 

जिन्दगीका यस्ता १० सत्य हरु, जसको बारेमा बिज्ञान पनि बेजवाफ छ !

जीवनमा यस्ता कैयौं कुराहरु हुन्छन् जसको बारेमा हामीलाई थाहा छ तर ती कसरी हुन्छन् भन्ने जवाफ हामीसँग छैन । यस्ता केही सत्यहरु छन् जसको जवाफ विज्ञानसँग पनि छैन । यस्तै एउटा सत्य सपना देख्नु ।

१. निद्रा लाग्नु र निद्राका बेला सपना देख्नु हाम्रा लागि सामान्य कुरा हो तर सपना किन देखिन्छ भन्ने कुराको जवाफ विज्ञानसँग पनि छैन । सपनाको बारेमा विभिन्न् मान्यता छन् ।

केहीले हामीले जे कुराको बारेमा सोचेर सुतेका छौं त्यही सपनामा देखिने बताउँछन् । केहीले हाम्रा अनुरा चाहनाहरु सपनामा देखिने बताउँछन् भने धार्मिक मान्यताअनुसार सपनाले जीवनका राम्रा नराम्रा कुराहरुको संकेत दिन्छन् । तर यी कुनै मान्यता पनि पुष्टि भएका छैनन् ।

२. हामीलाई दिनमा कैयौं पटक हाइ आउँछ । सामान्यतया निद्रा पूरा नभएर हाइ आउने बताइन्छ । तर, यो सही कारण होइन किनकि निद्रा पूरा भएकालाई पनि हाइ आउँछ । हाइ आउने सटीक कारण विज्ञानलाई पनि थाहा छैन ।

यो पनि पढ्नुहोस् :  जुकरबर्गको एक स्ट्याटसले फेसबुक लाइ ३० लाख डलर भन्दा धेरै घाटा

३. संसारभर अरबौं मानिसहरु छन् तर यति धेरै मानिस हुँदा पनि कसैको फिंगरप्रिन्ट (औंलाको छाप) कसैसँग मिल्दैन । रोचक त के भने हाम्रा औंलाहरुको प्रिन्ट पनि एक अर्कासँग मिल्दैन । हामी एक जनासँग भएका औंलाहरुको संख्याले संसारको जनसंख्यालाई गुणन गरौं त कति हुन्छ ? संख्या खर्बौंमा आउँछ तर यति धेरै फिंगरप्रिन्ट सबै फरक फरक कसरी हुन्छन् ? विज्ञानसँग पनि यसको जवाफ छैन ।

४. हामीले सानैदेखि पढेका हौं कि पृथ्वीको सबैभन्दा भित्री कोर ठोस हुन्छ । तर यो मान्यता मात्रै हो । विज्ञानले अहिलेसम्म यो कुरालाई प्रमाणित गर्न सकेको छैन र भित्री कोर वास्तवमै ठोस छ वा छैन भन्ने जवाफ विज्ञानसँग पनि छैन ।

यो पनि पढ्नुहोस् :  कहिल्यै दुर्घटना नहुने दाबीका साथ् BMW ले ल्यायो नयाँ मोटरसाइकल !

५. न्यूटनले गुरुत्वाकर्षणको नियम बताए । तर उनले गुरुत्वाकर्षण कसरी हुन्छ भन्ने मात्र बताए । पृथ्वीसहित अन्य पिण्डले वस्तुलाई आफूतिर किन तान्छन् भन्ने जवाफ न न्यूटनले दिए न उनीपछिका कुनै वैज्ञानिकसँग नै यसको जवाफ छ ।

६. पृथ्वीको चुम्बकीय शक्तिको बारेमा धेरै अनुसन्धान भएका छन् । तर, यो चुम्बकीय शक्ति कहाँबाट आउँछ भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।

७. ब्ल्याक होल ब्रह्माण्डको यस्तो रहस्य हो जो निकै चर्चित छ । यसले पृथ्वी वा सूर्यजस्ता कैयौं पिण्डलाई निल्छ भनिन्छ । तर यसको रहस्य अहिलेसम्म कसैलाई थाहा छैन ।

यो पनि पढ्नुहोस् :  बन्यो महिलालाई बलात्कारबाट बचाउने अन्डरवयर

८. मृत्युपछि के हुन्छ भन्ने विषयमा धेरै धार्मिक मान्यताहरु छन् । तर मानिस मरेपछि के हुन्छ ? शरीर त यहीँ रहन्छ तर उसको चेतना कहाँ जान्छ ? भन्ने विषयमा कसैले केही जान्न सकेका छैनन् ।

९. हामीलाई हाम्रो दिमागको कारण निद्रा लाग्छ । तर दिमागमा यस्तो के हुन्छ जसका कारण निद्रा लाग्छ ? यो रहस्य अहिलेसम्म सुल्झिन सकेको छैन ।

१०. हाम्रो दिमागले जीवनभर भएका घटनाहरुलाई भण्डारण गरेर राख्न सक्छ र चाहिएको बेला हामी ती कुराहरु सम्झिन्छौं । तर यो स्मृतिको प्रक्रिया कसरी हुन्छ ? यसबारे विज्ञानले अहिलेसम्म जवाफ दिन सकेको छैन ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline